Connect with us
Kapilvast Forest

कोरोना संक्रमणबाट संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन

२०७८, १२ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं – कोरोना संक्रमणबाट संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन भएको छ। सिद्दिकीको शनिबार भेरी अस्पताल नेपालगञ्जमा निधन भएको अस्पतालले जनाएको छ।

नेपालगञ्ज–३ निवासी ६५ वर्षीय सिद्दिकीको बेलुकी साढे सात बजे उपचारका क्रममा निधन भएको अस्पतालका प्रमुख डा। प्रकाश थापाले जानकारी दिनु भयो । थापाका अनुसार सिद्दिकीलाई चैत २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएदेखिनै अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गरिरहेको थियो।

उहाँलाई मधुमेहको समस्या रहेको डा। थापाले बताउनु भयो । २०३६ सालदेखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएकी सिद्दिकी संविधान सभामा समानुपातिकतर्फ नेपाली कांग्रेसबाट सभाषद् बन्नु भएको थियो । सिद्दिकी समाजसेवा र मानव अधिकारका क्षेत्रमा विशेष सक्रिय रहँदै आउनु भएको थियो । भारतबाट अङ्ग्रेजी साहित्यमा स्नातक सिद्दिकीका दुई छोरा र एक छोरीकी हुनुन्छ ।

 

 

 

बुटवल

रुपन्देहिको तिलोत्तमा नगरपालिका वडा नम्बर १ नयाँमिल स्थित प्यारामाउण्ट बोर्डिङ स्कुलमा अध्यनरत छात्राको मृत्यु भएपछि बिद्यालयमा तनाव उत्पन्न भएको छ ।

 

 

विद्यालयको छात्रावासमा बसेर एसईई परिक्षाको तयारी गरिरहेकी नयाँमिलकै प्रतिमा सापकोटा अस्वस्थ भएपछि उपचारका लागि अस्पताल लगिएकोमा अकस्मात मृत्यु भएको विद्यालयले जनाएको छ ।

 

विद्यार्थीका आफन्त भास्कर भण्डारीले विद्यालयबाट दिउँसो १ बजेतिर प्रतिमा बिरामी भएकोले अस्पताल लगिएको भन्दै परिवारलाई खबर गरेको र आफुहरु अस्पताल पुगेको केही समयमै उहाँको मृत्यु भएको बताउनु ।

उहाँलाई सनिवार बिहान उच्च ज्वरो आउने, टाउको दुख्ने र स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल लगिएको विद्यालयले जनाएको छ ।

उनिसगै छात्राबासमा बसेर अध्यययन गरिरहेका अरु विद्यार्थीमा पनि टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएको भण्डारीले बताउनु भयो । विद्यालयले केही विद्यार्थीहरुलाई घर पठाईसकेको छ भने ३० जना जति विद्यार्थी विद्यालयमै रहेको र पिसिआर परिक्षणको लागि पहल भईरहेको उहाँले बताउनु भयो ।

एसईई र आईतवारदेखि सुरु हुन लागेको कक्षा आठको परिक्षाको लागि विद्यार्थीहरुले छात्रावासमै बसेर तयारी गरिरहेको विद्यालयले जनाएको छ ।

 

अहिले बालिकाका आफन्त र बिद्यालय प्रशासनका बिच छलफल भई रहेको प्रहरी जनाएको छ ।

त्यस्तै कक्षा सात सम्मका विद्यार्थीहरुको परिक्षा संचालन भईरहेको थियो । अभिभावक र सरकारले समेत कोभिडको जोखिम बढेको भन्दै बिद्यालय बन्द गर्न गरेको आग्रहलाई प्याव्सन र एन प्याव्सनले अटेर गर्दै आएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj