Connect with us
Kapilvast Forest

कांग्रेस पदाधिकारी बैठक देउवा निवासमा बस्दै

२०७८, १२ बैशाख आईतवारमा प्रकाशित

Nepali-congress-cc-meeting.jpg

 

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा पदाधिकारी बैठक बोलाएको छ ।बैठक आज दिउँसो २ बजे सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्दैछ । बैठकमा आसन्न महाधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ ।

पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्यलाई समेत बोलाइएको बैठकले पार्टीको केन्द्रीय समितिको बैठकका एजेन्डासमेत तय गर्ने बताइएको छ ।

बैठकमा महाधिवेशन तयारी, क्रियाशील सदस्यता वितरणको हालसम्मको अवस्था तथा समसामयिक विषयमा छलफल हुनेछ ।यसैगरी जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनबारे पनि छलफल हुनेछ । पार्टीको केन्द्रीय समिति वैठक भोली दिउँसो दुई बजे बस्दै छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu