Connect with us
Kapilvast Forest

सिमरा गोल्डकपको उपाधि संकटालाई

२०७८, १२ बैशाख आईतवारमा प्रकाशित

 

सिमरा – संकटा क्लबले ११ औँ जीतपुर सिमरा गोल्डकपको उपाधि जितेको छ । हिजो भएको खेलमा अफ्रिकन रुट्स एसोसिएसनलाई सडनडेथमा टाईब्रेकरमा पराजित गर्दै संकटाले उपाधि जितेको हो ।

टाईब्रेकरमा दुबै टिमले ४–४ को बराबरी खेलेपछि नतिजा सडन डेथबाट निस्किएको हो । दोस्रो पटक उपाधि जितेको संकटाले ट्रफी सहित ७ लाख नगद हात पारेको छ ।

उपबिजेता अफ्रिकन रुट्सले तीन लाख ५० हजार प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नव जनजागृति युवा क्लबका मोहित गुरुङ घोषित भए । उनले मोटरसाईकल हात पारे ।

यसैगरी उत्कृष्ट गोलरक्षक संकटाका राजाबाबु थापा, उत्कृष्ट डिफेन्डर संकटाका अभिषेक लिम्बु, उत्कृष्ट मिडफिल्डर संकटाका रोशन पहरी, उत्कृष्ट प्रशिक्षक संकटाका राजकुमार केसी घोषित भए ।यसैगरी उत्कृष्ट फरवार्ड एआरएका एन्जिमी घोषित भए । विधा गततर्फ उत्कृष्ट भएका सबैले जनही १५ हजार नगर प्राप्त गरेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu