Connect with us
Kapilvast Forest

पुल बनाउँदै गर्दा त्रिशूलीमा खसेर एक मजदुरको ज्यान गयो, दुई जना बेपत्ता

२०७८, १२ बैशाख आईतवारमा प्रकाशित

khola

काठमाडौं – चितवनमा त्रिशूली नदीमाथि पुल बनाउने क्रममा खसेर एक जना मजदुरको ज्यान गएको छ । अरु दुई जना बेपत्ता भएका छन् भने ८ जना घाइते भएका छन् ।

चितवनको भरतपुर महानगरपालिका-१ ठिमुरामा देवघाट जोड्ने पुलमा ट्रस राख्ने क्रममा खस्दा एक जनाको ज्यान गएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार त्रिशूलीमा खसेका अरु दुई जना बेपत्ता भएका छन् भने ८ जना मजदुर घाइते भएका छन् । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बिहान ९ बजेतिर पुलमा ट्रस राख्ने क्रममा ट्रससहित उनीहरु नदीमा खसेका लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार हराइरहेका दुई जनाको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरीसहित उद्दार टोली खटिएका छन् । यसअघि निर्माणाधीन यो पुलको पूर्वी भाग भत्किएको थियो । अहिले भने पश्चिमपट्टीको भागमा ट्रस राख्ने क्रममा मजदुर खसेका हुन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu