Connect with us
Kapilvast Forest

रूपन्देहीको छात्रावासमा बसेकी एक छात्राको ज्वरोका कारण मृत्यु

२०७८, १२ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं – रूपन्देहीको एक निजी विद्यालयको छात्रावासमा बस्दै आएकी एक छात्राको उपचार क्रममा मृत्यु भएको छ।तिलोत्तमाको नयाँमिलस्थित प्यारामाउन्ट बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत १५ वर्षीया प्रतिमा सापकोटाको शनिबार (हिजो) मृत्यु भएको हो।

उच्च ज्वरो र पेट दुख्ने समस्या निम्तिएपछि उनलाई शनिबार परिवारका सदस्यले मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार निम्ति लगेका थिए। तर, अस्पताल पुर्‍याएलगत्तै मृत्यु भएको उनका दाजु प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

छात्राको मृत्युपछि विद्यालयले होस्टेलमा रहेका विद्यार्थीहरूको पीसीआर परीक्षण गर्न स्वाब संकलन गराएको छ। तर, रिपोर्ट आइनसकेको विद्यालयका सहायक प्रिन्सिपल एलडी किराँतले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu