एमाले स्थायी कमिटी बैठक सुरु
काठमाडौं -नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । महाधिवेशन आयोजक कमिटीको बैठक डाकिए पनि त्यसअघि आकस्मिक रुपमा स्थायी कमिटी बैठक सुरु भएको हो ।
स्पष्टीकरण सोधिएका सांसदलाई कारबाही गर्ने जिम्मेवारी पाएको स्थायी कमिटीको बैठक सुरु भएको हो ।प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने माधव कुमार नेपाल पक्षका २७ मध्ये केहीलाई आजै कारबाही गर्ने तयारी बैठकको छ ।
बिहान १० बजे बोलाइएको महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक अझै सुरु भएको छैन । स्थायी कमिटी बैठक सकिएलगत्तै बैठक बस्ने बताइएको छ ।अविश्वास प्रस्ताव आउने सूचना पाएपछि ओलीले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाउनुु भएको हो ।