महाराजगंजका विद्यालयमा ८ दिन पठनपाठन बन्द
कपिलबस्तु-
कपिलबस्तुको महाराजगंज नगरपालिका अर्न्तगतका बिद्यालयहरुमा प्रत्यक्ष पठनपाठन आठ दिनको लागि बन्द गरिएको महाराजगंज नगरपालिकाले जनाएको छ ।
बिश्व महामारीको रुपमा फैलिएको कोरोन भाईरस कोभिड-१९को उच्च संक्रमणका कारण बिद्यालयको प्रत्यक्ष पठनपाठन बन्द गरिएको नगरपालिको शिक्षा अधिकृत रोशन घिमिरे द्धारा हस्ताक्षरित सुचनामा उल्लेख रहेकोछ ।
महाराजगंज नगरपालिका अर्न्तगत सञ्चालित सम्पुर्ण बिद्यालयहरुले बिद्यालय सञ्चालन सम्बन्धी कार्य ढाचाँ २०७७ अनुरुप बैकल्पिक बिधीको मध्ययमबाट सिकाई सहजीकरण कार्यलाई निरन्तरत दिने सुचनामा उल्लेख रहेको छ ।
वैशाख १३ देखी २० गते सम्म प्रत्यक्ष रुपमा पठनपान बन्द रहने छ भने तोकिएको समयमा परिक्षा सञ्चालन गर्न भनिएको छ ।