Connect with us
Kapilvast Forest

कर्णाली प्रदेशका चार सांसद निलम्बन गर्ने एमालेको निर्णय

२०७८, १२ बैशाख आईतवारमा प्रकाशित

 

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी एमाले कर्णाली प्रदेश सभा संसदीय दलले चार जना सांसदलाई प्रदेश सभा सदस्य पदबाट हटाएको छ । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको वैशाख १० गते बसेको बैठकको निर्णयको आधारमा आइतबार प्रदेश सभाका चार सदस्यहरु प्रकाश ज्वाला (सल्यान), अम्मरबहादुर थापा (दैलेख), कुर्मराज शाही (कालीकोट), नन्दसिंह बुढा (डोल्पा) लाई पदमुक्त गरिएको एमाले प्रदेश सभा संसदीय दलद्धारा लिखित पत्रमा उल्लेख गरिएको छ ।

एमालेको दशौं महाधिवेशनको बैठकको निर्णय पश्चात् निर्णय कार्यान्वयनका लागि केन्द्रीय कार्यालयबाट निर्देशन समेत प्राप्त भएपछि यसखाले निर्णय गरिएको कर्णाली प्रदेश सभा संसदीय दलका नेता यमलाल कँडेलबाट पत्रमार्फत जनाईएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu