मन्त्रिपरिषद बैठक साँझ बस्दै, कोरोना रोकथामका लागि कडा निर्णय हुनसक्ने
काठमाडौं-आज साँझ मन्त्रिपरिषद बैठक बस्दैछ । बैठकले कोरोना भाइरसको रोकथामका लागि सरकारले कडा निर्णय लिने सक्ने बताइएको छ ।आजको बैठकमा कोभिड९१९ व्यवस्थापन केन्द्र सीसीएमसी को बैठकले देशभरका परीक्षाहरु स्थगित गर्ने निर्णयबारे छलफल गरी टुंगोमा पुग्नेछ ।
विद्यालय स्तरका बालबालिकामा कोभिड १९ को जोखिम बढेपछि सरकारले परीक्षा स्थगितको निर्णय लिन लागेको हो । यसबाट एसईई, दश जोड दुई र विश्वविद्यालयहरुका परीक्षा प्रभावित हुनेछन् ।
यसैगरी, अक्सिजनको अभावलाई दृष्टिगत गरी सरकारले सिलिन्डर आयात गर्न भन्सार छुट दिने निर्णय गर्ने तयारी समेत गरेको छ ।
कम्तिमा २० हजार अक्सिजन सिलिन्डर आयात गर्ने तयारी भएको छ । सीमा नाकामा कडाईबारे समेत सरकारले निर्णय लिने तयारी गरिसकेको छ ।