Connect with us
Kapilvast Forest

कोशी कोभिड अस्पतालका डाक्टर र नर्स काम छाडेर आन्दोलनमा

२०७८, १३ बैशाख सोमबारमा प्रकाशित

विराटनगर- सरकारले तोकेको न्यूनतम सुविधा नपाएपछि विराटनगर कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कार्यरत डाक्टर र नर्स काम छाडेर आन्दोलनमा उत्रिएका छन् ।

कोरोना महामारीको दोस्रो लहर सुरू भएसँगै सङ्क्रमितको उपचारमा खटिरहेका डाक्टर र नर्सले न्यूनतम सुविधा नपाएको भन्‍दै काम छाडेर आन्दोलनमा उत्रिएका हुन् ।

१८० बेडको उपचार केन्द्रमा सोमबारसम्म ३२ जना कोरोना सङ्क्रमित उपचाररत छन् । उपचार केन्द्रमा ६ जना नर्स, ३ जना परामेडिक्स र पाँचजना डाक्टर कार्यरत छन् ।

सामाजिक विकास मन्त्रालयले पठाएकी एकजना नर्स बाहेक अन्यले काम छाडेर आन्दोलनमा उत्रिएका हुन् । काममा फर्कनका लागि उनीहरुले सरकारले तोकेको न्यूनतम सुविधा पाउनुपर्ने माग राखेका छन् ।

सामाजिक विकास मन्त्रालयले गत भदौमा नियुक्त पाएका डाक्टर नर्स र पारामेडिक्सलाई कात्तिकसम्मको मात्रै तलब भत्ता र सुविधा दिएको छ । कोरोना सङ्क्रमण घटेपछि एक महिना विदा बसेका उनीहरुले पून नियुक्ति पाएपछि काममा फर्किएका थिए । तर न्यूनतम सुविधा नपाएपछि आन्दोलनमा उत्रिएको बताउनुु भयो ।

‘विरामीको सेवामा खटिदा उच्च जोखिम हुन्छ, तर न्यूनतम सुविधा दिनुहोस् भन्दा मन्त्रालयले चासो दिएन्,’ आन्दालेनमा रहेकी एक नर्सले भनिन्,‘ महामारीमा अग्रपंक्तिमा रहेर लड्दा हाम्रा बारेमा राज्यले सोचिदिएन ।’

कोभिडको पहिलो लहरमा सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि प्रदेश १ सामाजिक विकास मन्त्रालयले होटल स्टनस्टारमा क्वारेन्टाइन बनाएको थियो ।

दोस्रो लहरमा भने मन्त्रालयले घरबाटै आउन भनेको छ । घर नभएकाहरुलाई भने उपचार केन्द्र नजिकै रहेको पुराने घर छुट्याइएको छ । तर पुरानो घर व्यवस्थीत नभएको स्वास्थ्यकर्मीको गुनासो छ । स्वास्थ्यकर्मीलाई खाना पनि गुणस्तरयूक्त नदिएको उनीहरुले गुनासो छ ।

कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दासले स्वास्थ्यकर्मीले उठाएको जायज माग प्रदेश सरकारले सम्बोधन गर्ने बताए । उनले काम छाड्ने भए पनि नर्स र डाक्टरले एक्कासी छाड्न नमिल्ने बताउनुभयो ।

‘ मैले सचिवज्यूसँग कुरा गरेको छु, उहाँले जायज माग सम्बोधन गर्ने बताउनु भएको छ,’ उहाँले भन्नुभयो,‘ एक्कासी काम छाडेर जान मानवीयताका हिसाबले पनि दिँदैन ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu