कांग्रेस कार्यसमितिको बैठक आज दिउँसो २ बजे बस्दै
काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।कार्यसमितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । गत वैशाख १३ गते बस्ने भनिएको बैठक पिसिआर परीक्षणका कारण स्थगित भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । आजको बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारी र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।