Connect with us
Kapilvast Forest

दुई गोलको अग्रता जोगाउन नसक्दा चितवन बराबरीमा रोकियो

२०७८, १५ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा चितवन एफसी र बुटवल लुम्बिनी एफसीले बराबरी खेलेका छन् । दशरथ रङ्गशालामा भएको बुधवार (आज) को खेलमा दुवै टोलीले दुईरदुई गोलको बराबरी खेलेका हुन् ।

खेलको १९ मिनेटमै दुई गोलको अग्रता लिए पनि चितवनले त्यसलाई जोगाउन नसक्दा अङ्क बाँड्न बाध्य भयो । चितवनका लागि जर्ज प्रिन्स कार्कीले १५ औँ मिनेटमा र १९ औँ मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गरे । लुम्बिनीका आशिष लामाले ३२ औँ मिनेटमा र लक्ष्मण रुचालले ६४ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

आजको बराबरीसँगै बुटबल लुम्बिनी चार अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । चितवनले भने दुई खेलमा बराबरी खेल्दै दुई अङ्क जोडेको छ ।

आजको दोस्रो खेलमा अहिले साढे ५ बजे विराटनगर सिटी एफसी र पोखरा थन्डर्स खेल्दैछन् । विराटनगरले पहिलो खेल जितेको थियो भने पोखरा पराजित भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu