Connect with us
Kapilvast Forest

कपिलवस्तुको शिवराजमा ३१ जनाले गरे रक्तदान

२०७८, १५ बैशाख बुधबारमा प्रकाशित

 

माधव बेल्बासे,चन्द्रौटा-कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा भएको रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन् । शिवराज नगरपालिकाको सहयोग,सामाजिक विकास मंच नेपालको आयोजनामा व्यापार संघ कपिलवस्तुको सभाहलमा उक्त कार्यक्रम भएको थियो ।

कोरोेना महामारीको समयमा रगतले अभाव भइरहेकोले उक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक संस्था सामाजिक विकास मंचका अध्यक्ष विष्णु प्रसाद खतिवडाले बताउनुभयो ।

कोरोनाको त्रासले रक्तदान गर्नेहरुको संख्या पनि कमि भएको उहाँले बताउनुभयो । विगतका वर्षमा धेरै जनाले रक्तदान गर्ने गरेपनि वर्ष भने कोरोनाको महामारीले रक्तदान गर्नेहरुको संख्या कम रहेको बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले यो महामारीको समयमा रक्तदान कार्यक्रम गरेर पुण्य काम गरेको बताउनुभयो । अहिले रगतको अभाव भइरहेकोले यस विषम परिस्थितिमा रक्तदान गरी कसैको जिवन बच्ने उहाँले जनाउनुभयो ।

शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले सामाजिक विकास मंच समाजिक काममा अग्रसर रहेकोले रक्तदान कार्यक्रमको प्रशंसा गर्नुभयो । कोरोना महामारी रहेकोले नगरवासीहरु स्वास्थ्य मापदण्ड पालना गरि सर्तक रहन समेत आग्रह गर्नुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu