Connect with us
Kapilvast Forest

निषेधाज्ञामा अनावश्यक हिँडडुल गर्ने १४५७ जना कारबाहीमा

२०७८, १६ बैशाख बिहीबारमा प्रकाशित

traffice
प्रतिनिधिमुलक तस्विर

काठमाडौं – बिहीबारदेखि लागु निषेधाज्ञाको उल्लंघन गर्दै विना काम सडकमा निस्किएको आरोपमा एक हजार ४५७ जना कारबाहीमा परेका छन् ।उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसपी सुशील सिंह राठौरका अनुसार उनीहरु काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा कारबाहीमा परेका हुन् ।

 

मास्क नलगाइ हिँडेकादेखि विना काम हिँडेकासम्मलाई होल्ड गराएका छौं, मास्क पनि वितरण गरेका छौं’, उनले अनलाइनखबरसँग भने, ‘कारबाहीमा पर्नेमा ३२० वटा दुई पांग्रे र ४१ वटा चार पांग्रे सवारी साधन छन् ।’

उनका अनुसार उपत्यकामा चेकजाँचमा पनि कडाइ गरिएको छ । काठमाडौंमा ४४, ललितपुरमा ८ र भक्तपुरमा चार स्थानमा चेकपोइन्ट राखिएको छ । निषेधाज्ञाको कार्यान्वयनका लागि नेपाल प्रहरी, ट्राफिक प्रहरी महाशाखा र सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।

बिहीबारदेखि लागु निषेधाज्ञा एकसातासम्म जारी रहनेछ । त्यसपछि पनि एक साता थप गर्ने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu