Connect with us
Kapilvast Forest

आज एक सय पाँच वटा आन्तरिक उडान

२०७८, १६ बैशाख बिहीबारमा प्रकाशित

nepal airlaince

काठमाडौं – काठमाण्डौ उपत्यकामा (बिहीवार) आजदेखि सुरु भएको निषेधाज्ञाका कारण हवाई मार्ग भएर काठमाण्डौ उपत्यका छाड्नेहरू बढेका छन् । सार्वजनिक यातायातबाट गएकाे तीन दिनदेखि काठमाण्डौ छाड्नेहरूको घुइँचो लागेको थियाे आजदेखि सार्वजनिक गाडी चलाउन राेक लगाएपछि आन्तरिक उडानमार्फत काठमाण्डौ छाड्नेहरू बढेका हुन् ।

यात्रुको चापका कारण काठमाण्डौबाट विभिन्न गन्तव्यका लागि जहाज कम्पनीहरूले अधिकतम भाडा तोकेका छन् । निषेधाज्ञामा पनि आन्तरिक उडान सञ्चालन गर्न दिने सरकारको निर्णयअनुसार आज पनि आन्तरिक उडान निर्वाध चलेका छन् । विमानस्थल र एअरलाइन्सका कर्मचारी तथा जहाज चढ्ने यात्रुले पनि टिकट देखाएपछि विमानस्थल आउजाउ गर्न प्रहरीले रोकेको छैन ।

‘विमानस्थलका कर्मचारीजस्तै हाम्रा कर्मचारी पनि निर्वाध रूपमा विमानस्थल आउजाउ गर्न पाएका छन्, टिकट देखाएपछि यात्रुलाई पनि प्रहरीले कतै अवरोध गरेका छैन’, यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भन्नुभयो ।

त्रिभुवन विमानस्थलका अनुसार आज काठमाण्डौबाट विभिन्न गन्तव्यका लागि एक सय चार वटा उडानको तालिका रहेको छ । आज बुद्ध एअरका ५० वटा, यति एअरलाइन्सका २७ वटा, श्री एअरलाइन्सका १५ वटा, तारा एअरका पाँच तथा समिट र नेपाल एअरलाइन्सका चार/चार वटा उडानको तालिका रहेको छ ।

काठमाण्डाै छाड्ने भरिभराउ, फर्कने कम, भाडा सस्तो

काठमाण्डौबाट बाहिरिने यात्रुका कारण आन्तरिक उडानले पूर्ण क्षमतामा यात्रु बोकेर काठमाण्डौ बाहिर उडिरहेका छन् । निषेधाज्ञा लम्बिने शङ्कामा काठमाण्डौ छाड्नेहरू बढेका हुन् । आज भएका एक सय पाँच वटा उडानमध्ये सबै उडानमा औसत ९५ प्रतिशत अकुपेन्सी रहेको एअरलाइन्स कम्पनीहरूले जनाएका छन् ।

‘आज काठमाण्डौबाट यति एअरलाइन्सका २७ वटा उडान रहेकोमा लगभग सबै उडानको अकुपेन्सी ९० प्रतिशत रहेको छ, यो क्रम भोलिसम्म नै रहने अपेक्षा गरेका छौँ’, यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले उज्यालोसँग भन्नुभयो । तर काठमाण्डौ बाहिरबाट भित्रिने यात्रुको सङ्ख्या भने कमी रहेको छ ।

काठमाण्डौ आउँदा कुल क्षमताको ४० देखि ५० प्रतिशत मात्रै यात्रु बोकेर जहाज उडिरहेको पनि प्रवक्ता बर्तौलाले बताउनुभयो । यस्तै श्री एअरलाइन्सका प्रबन्धक अनिल मानन्धरले पनि काठमाण्डौ बाहिर जाने जहाजले क्षमताको ९० प्रतिशतभन्दा धेरै नै यात्रु बोकेर गएको तर फर्कँदा भने कम यात्रु बोकेर फर्कनुपरेको बताउनुभयो । ‘अहिले ठ्याक्कै दशैँकाे जस्तो अवस्था छ, काठमाण्डौ छाड्नेहरू अत्यधिक धेरै छन्, फर्कनेहरू खासै छैनन’, मानन्धरले भन्नुभयो ।

भैरहवा र विराटनगरबाट काठमाण्डौ फर्कन जम्मा १५ सय भाडा, जनकपुरबाट १४ सय

काठमाण्डौ फर्कने यात्रु घटेसँगै भाडा पनि घटेको छ । विराटनगरबाट आज काठमाण्डौ फर्कनका लागि जम्मा एक हजार पाँच सय ५० रुपैयाँ न्युनतम भाडा रहेको छ । यस्तै भैरहवाबाट काठमाण्डौका लागि पनि एक हजार पाँच सय ९५ रुपैयाँ भाडा रहेको छ ।

यस्तै पोखराबाट काठमाण्डौको न्यूनतम भाडा एक हजार सात सय रुपैयाँ रहेको छ । जनकपुर—काठमाण्डौको भाडा त् झन एक हजार चार सय रुपैयाँमा झरेको छ ।

यति एअरलाइन्सले आज एक हजार चार सय ९५ र श्री एअरलाइन्सले एक हजार पाँच रुपैयाँमा यात्रु जनकपुरबाट काठमाण्डौ ल्याएका थिए । ‘रित्तै उड्नु भन्दा न्यून भाडामा भए पनि यात्रु बोक्नुपर्छ भनेर सस्तोमा यात्रु ल्याएका हौँ तर पनि जहाज कुल क्षमताको आधा मात्रै यात्रु लिएर काठमाण्डौ आइरहेका छन्’, श्री एअरका प्रबन्धक अनिल मानन्धरले भन्नुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu