गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङ्गे बने मन्त्री
पोखरा -गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ ।उहाँले स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाउनुभएको हो ।
उहाँलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकरी दिनुभयो ।उहाँले बिहीबार नै सपथ लिँदैछन् ।