Connect with us
Kapilvast Forest

कार्यालयको काम प्रभावकारी बनाउन जोड

२०७८, १७ बैशाख शुक्रबारमा प्रकाशित

mantralayaa

 

काठमाडौँ-प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १२ वटा कार्यालयलाई भीडभाड हुन नदिई प्रभावकारी व्यवस्थापन मिलाउन पत्र पठाएको छ । काम सुचारु गर्न आलोपालो गरी कर्मचारी खटाउने र घरबाट गर्न मिल्ने कामलाई घरबाटै गर्ने व्यवस्था मिलाउन पनि पत्रमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्रीको कार्यालयले मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार यस्तो पत्र पठाएको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, महान्यायाधिवक्ताको कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, नेपाल ट्रस्टको कार्यालय, लगानी बोर्डको कार्यालय, राष्ट्रिय अनुसन्धान विभागका बरफबाग र हरिहरभवन र सम्पत्ति शुद्धीकरण विभागलाई पत्र पठाइएको हो ।

त्यस पत्रमा कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक व्यवस्था मिलाउन सङ्क्रामक रोग ऐन, २०२० बमोजिम निषेध आदेश जारी भएका जिल्लाका सरकारी र सार्वजनिक कार्यालयमा आवश्यक भीडभाड हुन नदिन भनिएको छ ।

यसैगरी अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयबाहेक अन्य कार्यालयका प्रमुखले आलोपालो पद्धतिअनुसार कर्मचारी खटाई काम सुचारु राख्ने व्यवस्था मिलाउन भनिएको छ । घरबाटै गर्न सकिने कामको हकमा घरबाटै गर्ने व्यवस्था मिलाउन भनिएको छ । पालोमा उपस्थित हुने कर्मचारीको हकमा कार्यालय प्रमुखले कोभिड काज जनाउन भनिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu