उपत्यकामा समस्या परेमा काठमाडौँ महानगरले समन्वय गर्ने
काठमाडौँ-काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महामारीसँग सम्बन्धित वा अन्य कुनै समस्या परे आफू, उपप्रमुख वा नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।
कोभिड रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि अपिल जारी गर्दै प्रमुख शाक्यले जनप्रतिनिधि र महामारी नियन्त्रणमा खटिने कर्मचारीको व्यक्तिगत सम्पर्क नम्बर सार्वजनिक गरिएको बताउनुभयो ।
नगरवासीमा कुनै स्वास्थ्यसम्बन्धी समस्या आएमा वा कोभिडबाहेकका बिरामीले उपचारका लागि अस्पताल जानुपर्ने भएमा हटलाइन टेलिफोन नम्बर ११८० मोबाइल नम्बर ९८४९८५६६७२, ९८४९६०५४७ र ९८४९८५६६७१ मा तथा कोभिडका बिरामीले अस्पताल जानुपर्ने भएमा निःशुल्क एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गर्न प्रमुख शाक्यको आग्रह छ।अपिलमा पूजाआजा, सामाजिक कार्यक्रम, भोजजस्ता संस्कारजन्य कार्यक्रम पनि भीडभाडका साथ नमनाइदिन अनुरोध गरिएको छ।