Connect with us
Kapilvast Forest

रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गर्ने तीन जनालाई जेल सजाय

२०७८, १७ बैशाख शुक्रबारमा प्रकाशित

butwal

बुटवल-रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा तीन जनालाई एक महिना जेल सजाय गरिएको छ। जिल्ला प्रहरी कार्यालयले बिहीबार निषेधाज्ञा उल्लंघन गर्ने ८ जनालाई कैद सजाय गरेको थियो। तीमध्ये ५ जना जरिवाना बुझाएर छुटेका छन्।

बाँकी ३ जनाले जरिवाना बुझाउन नसक्दा एक महिना कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।कोरोना संक्रमण फैलिन नदिन भन्दै जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि वैशाख ३० गतेसम्म निषेधाज्ञा जारी गरेको छ।

कारागार चलान भएकाहरुमा रुपन्देहीको मायादेवी गाउँपालिका–४ का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहार रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिनुभयो ।

सोही क्रममा निषेधाज्ञा उल्लंघन गर्ने ७ पुरुष र एक महिलालाई सम्झाइबुझाइ गर्दा प्रहरी अधिकृतलाई समेत काममा बाधा पुर्‍याएको भन्दै उनीहरुलाई कैद सजाय माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पठाइएको हो ।

उनीहरुलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को उपदफा २ बमोजिम कारवाही गरिएको प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनु भयो । उनीहरूलाई एक महिना कैद वा जनही ९ हजार एक सय जरिवाना तोकिएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu