९ सयले घट्याे सुनकाे मूल्य
काठमाडौं-आज नेपालमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य ८९ हजार ९ सय रुपैयाँ कायम भएको छ। यसैगरी, तेजाबी सुन ८९ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्य घटेको दिन चाँदीको भाउ २० रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँ तोकिएको छ।