कपिलवस्तु अस्पतालले २२ बेडको कोरोना अस्थायी अस्पताल संचालन गर्दै
कपिलवस्तु –कपिलवसतु अस्पतालको मातहतमा रहने गरी तौलिहवा स्थित तत्कालीन महिला तथा बालबालिका कार्यालयमा संचालनमा ल्याउन लागिएको कोरोना अस्थायी अस्पतालको तयारी तीब्र पारिएको छ । कोरोना अस्पताल संचालनकालागि कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले बिशेष पहल गर्नु भएको हो ।
अस्पतालमा २२ जना बिरामी राख्ने बेड, अक्सिजनका सिलिन्डर लगायतका अन्य आवश्यक सामाग्रीहरु धमाधम ल्याइएका छन । सो स्थानमा एक महिना अघि नै पिसिआर मेशीन जडान गरी परिक्षण सूरु भई सकेको छ । कोरोना अस्पताल संचालन र ब्यवस्थापनकालागि लुम्बिनी प्रदेश सरकारले २५ लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको अस्पतालका मेशु किशोर बन्जाडेले बताउनु भयो ।
६ महिना अघि पिसिआर मेशीन संचालन र ब्यवस्थापनकालागि पालिकाका प्रमुखले ६÷६ लाख दिने लिखित प्रतिबद्धता गरे पनि कपिलवसतु नगरपालिका बाहेक अहिले सम्म कसैले नदिएको मुेसु बन्जाडेले बताए । मेयर सिंहले कोरानाका कारण बिरामीहरु उपचारबाट बंचित भएको बेला आफुले कोरोना अस्पाल संचालनकालागि अघि बढन मेसु बन्जाडेलाई निर्देशन दिएको बताउनु भयो ।
उहाँले यो अस्पताल संचालनमा आए पछि कोरोनाका बिरामीको उपचारमा केही भए पनि सहजता आउने बताउनु भयो । रकम अभाव भएका बेला प्रदेश सरकारले २५ लाख रकम बिनियोजन गरी पठाउने निर्णय गरे पछि आफुहरु उत्साही भएको मेसु बन्जाडेले बताउनु भयो । अस्पतालमा केही दिन मै कोरोनाका बिरामीहरुलाइृ राखेर उपचार सूू्ररु गर्ने उहाँले बताउनु भयो ।
