Connect with us
Kapilvast Forest

सगरमाथामा हालसम्मकै बढी आरोही: ४३ समूहका ४०८ जनाले लिए आरोहण अनुमति

२०७८, १८ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं– कोभिड–१९ महामारीबीच जारी यस वर्षको वसन्त यामको सर्वोच्च शिखर सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले आरोहण अनुमति लिएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले जारी गरेको हिमाल आरोहणको पर्मिटमा सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूह छन्।

सगरमाथा आरोहणका लागि हालसम्म ४३ आरोही समूहका ४०८ आरोहीले अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जनाएको छ। यसमा ९३ महिला र ३१५ पुरुष छन्।

यो सङ्ख्या सन् २०१९ को वसन्त यामको भन्दा बढी हो। उक्त वर्षको वसन्त याममा सगरमाथा आरोहणका लागि ४१ आरोही समूहले आरोहण अनुमति लिएका थिए।

विभागका अनुसार सगरमाथाका ४३ सहित ८५ आरोही समूहका ७४२ आरोहीले आरोहण अनुमति लिएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सगरमाथापछि सबैभन्दा बढी ल्होत्से हिमाल आरोहणका लागि १४ आरोही समूह छन्। धौलागिरिमा पाँच र अन्नपूर्ण हिमालमा चार आरोही समूहले आरोहण अनुमति पाएका छन्।

 

वसन्त यामको हिमाल आरोहणबाट हालसम्म रु ७१ करोड ४८ लाखभन्दा बढी रोयल्टी सङ्कलन भएकोे छ। सगरमाथाबाट मात्रै रु ६६ करोड बढी रोयल्टी जम्मा भएको छ ।कोभिड–१९ महामारीकाबीच सञ्चालन भइरहेको पर्वतारोहणले मुलुकको पर्वतीय पर्यटन सुरक्षित रहेको सकारात्मक सन्देश विश्वभर प्रवाह गरेको विभागको बुझाइ छ।

विभागका निर्देशक मीरा आचार्यले नेपालका आठ हजार मिटर अग्ला हिमाल आरोहणमा धेरै सङ्ख्यामा विदेशीको आगमनले पर्वतीय पर्यटनमा उत्साह जगाउनाका साथै अन्तरराष्ट्रिय बजारमा सकारात्मक सन्देश छाएको बताइन्। मौसमले साथ दिए यसै सातादेखि सगरमाथाको आरोहण हुने उनको भनाइ छ। अहिले अधिकांश आरोही सगरमाथाको आधारशिविर पुगिसकेका छन्। सगरमाथाको चुचुरासम्म बाटो बनाउने आइसफल डाक्टर अहिले सगरमाथाको क्याम्प चारमा पुगिसकेका छन्।

कोभिड महामारीका कारण अघिल्लो सन् २०२० को वसन्त आरोहण स्थगन भएको थियो। सन् २०१९ को वसन्त ऋतुको आरोहण वैशाख ३१ गतेदेखि शुरु भएको थियो त्यस्तै सन् २०१८ को वसन्त आरोहण पनि वैशाख ३१ गतेदेखि सगरमाथा आरोहण शुरु भएको थियो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu