प्रधानमन्त्रीज्यू सहयोग गर्न तयार छौँ, अंहकार त्याग्नूस्:गगन थापा
काठमाडौं- नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कोरोना नियन्त्रणमा सबै पक्षसँग समन्वय गर्न अघि बढ्न सरकारलाई सुझाव दिनुभएको छ ।कोरोना भयावह स्थितिमा पुगिसकेको र स्वास्थ्य मन्त्रालयले उपचार गर्न नसक्ने बताएका बेला भएका साधन स्रोतबाट क्षती कम गर्ने बाटोमा सरकार लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग यो महामारीमा लड्न सरकारलाई साथ दिन तयार रहेको र सरकारले त्यसका लागि आफ्नो अंहकार ओर्लिन आग्रह गर्नु भएको छ ।
उहाँले भन्नुु भयो ‘कठिन छ,तर अझै हामीसंग उपलब्ध स्रोत,साधन,जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ।त्यसका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ।प्रधानमन्त्रीज्यू,हामी साथ दिन तयार छौँ,कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस।’
नेपालमा कोरोना संक्रमणको दर हामीले थेग्न नसक्ने अवस्थामा पुगिसकेको बताउँदै स्वास्थ्य मन्त्रालयले सुरक्षित रहन आग्रह गरिसकेको छ । यस्तो अवस्थामा अझैपनि सरकार कोरोना नियन्त्रयलाई हेलचेक्रयाँई गर्नु आपत्तिजनक रहेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौँ,निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन।सबै पक्ष र आम नागरिक सचेत,सतर्क र जिम्मेवार बन्नैपर्छ।तर प्रधानमन्त्रीज्यू यो लडाइमा ‘हामी सक्दैनौँझ भनेर मन्त्रालयले हात उठाउने अनि तपाईँको प्राथमिकतामा अझै पनि महामारी नपर्ने१ आपत्तिजनक छ १’