Connect with us
Kapilvast Forest

‘लुम्बिनीमा पोखरेललाई नै मुख्यमन्त्रीको सपथ खुवाउने तयारी’

२०७८, १९ बैशाख आईतवारमा प्रकाशित

 

काठमाडौं-लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई आजै सपथ ग्रहण गराउने तयारी भएको एमालेका एक नेताले बताउनु भयो ।प्रदेश प्रमुखले आजै नयाँ सरकार गठनको आह्वान गर्ने र एमालेले बहुमत प्राप्त दलको हैसियतमा नाम पठाएपछि पोखरेलले मुख्यमन्त्री पदको सपथ ग्रहण गर्ने तयारी भइरहेको ती नेताको भनाइ छ ।

 

प्रदेश सरकारका प्रवक्तासमेत रहेका एमाले नेता वैजनाथ चौधरीले दाबीका साथ भने, ‘आजै सपथ ग्रहण हुन्छ, धारा बदलिएको मात्रै हो, सरकार बदलिएकै छैन ।’

आफूविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनुअघि नै पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिनु भएको छ । उहाँको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले तत्कालै स्वीकृत गर्नु भएको छ ।

एमालेले लुम्बिनीमा एकल बहुमतको सरकार गठनमा दाबी गरेको छ । आफू संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेको र अब १६८ को १ अनुसार एकल सरकार गठन गर्ने भन्दै पोखरेल त्यसको तयारीमा छन् ।

एमाले प्रवेश गरेपछि माओवादीका दुई र जसपाका चार सांसद पदमुक्त भएपछि लुम्बिनी प्रदेशसभामा हाल ८१ सांसद छन् । त्यसमध्ये एमालेसँग मात्रै ४१ सांसद छन् जुन बहुमतको एकल सरकार बनाउन पुग्ने संख्या हो ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu