Connect with us
Kapilvast Forest

जसपाका पदमुक्त सांसदको रिट सर्वोच्चद्वारा अस्वीकार

२०७८, १९ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं – जनता समाजवादी (जसपा)को लुम्बिनी प्रदेश सभाका चार जना प्रदेशसभा सदस्यहरुको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएको निर्णयविरुद्ध सर्वोच्च पुगेका चारजनाको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरिदिएको हो।

सन्तोषकुमार पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साल पदमुक्तको निर्णयविरुद्ध रिट निवेदन लिएर सर्वोच्च पुगेका थिए। जसपा प्रदेश संसदीय दलको सिफारिसनुसार प्रदेश सभा सचिवालयले उनीहरुलाई प्रदेश सभा सदस्यबाट पद मुक्त गरेको थियो।

तर, सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमणको महामारीका कारण बन्दी प्रत्यक्षीकरण र कोरोना भाइरससँग सम्बन्धित निवेदन बाहेक अन्य विषयका निवेदन दर्ता नहुने निर्णय गरेको थियो। सोही निर्णयका कारण उनीहरुलाई रिट दर्ता नगरी फिर्ता पठाइएको सर्वोच्च अदालतले जानकारी दिएको छ।

जसपाका चार जना प्रदेश सभा सदस्यले पार्टीको निर्णयविरुद्ध लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको विरुद्धमा दर्ता भएको अविश्वासको प्रस्तावको विपक्षमा मदतान गरेपछि जसपाले पदमुक्त गर्ने निर्णय गरेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu