लुम्बिनीका मुख्यमन्त्री पोखरेलद्वारा चार मन्त्री नियुक्त
बुटवल – मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिएसंगै मन्त्रिपरिषद विस्स्तार गर्नु भएको छ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले चार जना मन्त्री नियुक्त गर्नु भएको हो । नवनियुक्त मन्त्रीमा वैजनाथ चौधरी, सन्तोष पाण्डे, हरि रिजाल र विजय यादव रहनु भएको छ ।
चौधरी र रिजाल एमाले सांसदहो भने पाण्डे र यादवलाई जनता समाजवादी पार्टीले सांसदबाट निष्कासन गरिसकेको छ।मुख्यमन्त्री कार्यालयका अनुसार, चौधरीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मा दिइएको छ। भौतिक पूर्वाधार मन्त्रालय पाण्डेले पाउनु भएको छ रिजाललाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गरिएको छ।
नवनियुक्त नवनियुक्त मन्त्रीले आइतवार नै पद तथा गोपनीयताको शपथग्रहण गर्नु भएको छ । पाण्डे र यादव यसअघि जनता समाजवादी पार्टीका तर्फबाट मन्त्री हुनु भएको हो । तर, उहाँहरूलाई पार्टीले कारबाही गरेपछि सांसद पद गुमेको छ।