बेलको ह्याट्रिकमा टोटेनहम विजयी
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहमले शेफिल्ड युनाइटेडविरुद्ध सानदार जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले शेफिल्ड युनाइटेडलाई ४-० गोलले पराजित गरेको हो ।
टोटेनहमको जितमा ग्यारेथ बेलले ह्याटिरक गरे भने सन हेउंग मेनले १ गोल गरे । बेलले ३६, ६१ र ६९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका हुन् । जितसँगै टोटेनहम ३४ खेलबाट ५६ अंकसहित पाचौं स्थानमा उक्लिएको छ । शेफिल्ड युनाइटेड ३४ खेलबाट १७ अंकसहित पुछारमा छ ।