Connect with us
Kapilvast Forest

प्रत्येक जिल्लालाई एक करोड, पाँच जिल्लामा एक एक सय बेड थप्ने

२०७८, २० बैशाख सोमबारमा प्रकाशित

सुर्खेत-कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचारका लागि प्रत्येक जिल्लामा एक÷एक करोड तत्त्काल उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यक अक्सिजन सिलिण्डर, अक्सिजन आपूर्तिलगायतको व्यवस्थापन गर्न प्रत्येक जिल्लामा एक करोड रुपियाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

आर्थिक मामिला तथा योजन मन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले कोरोना रोकथाम तथा उपचारमा देखिएका समस्या समधान गर्न बजेट तत्काल बजेट पठाइने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रत्येक जिल्लामा एक÷एक करोड, प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी अस्पताल रुकुमपश्चिममा एक÷एक करोड बजेट पठाइने छ । मेहेकुना अस्पताल सुर्खेत र दैलेख अस्पतालमा ५०÷५० लाख रुपियाँ पठाउने उहाँले जानकारी दिनुभयो ।

यस्तै बैठकले प्रदेश विपद् व्यवस्थापन कोषमा आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध कोषबाट ५० लाख रुपियाँ जम्मा गर्ने निर्णय गरेको छ । यस अघि प्रदेश सकारले कोरोना रोकथाम तथा उपचारका लागि विकास बजेट कटौती गरेर एक अर्बको कोष स्थापना गरेको थियो ।

 

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पाँच जिल्लामा अक्सिजनसहित एक सय बेड तयार गरिने गरी तयारी अघि बढाएको छ । कालीकोट, दैलेख , जाजरकोट, सल्यान र रुकुमपश्चिममा अक्सिजनसहित एक सय बेड र अन्य जिल्लामा अक्सिजनसहित ५० बेड तयार गरिनेछ । प्रदेश अस्पतालमा अक्सिजनसहित पाँच सय बेडको तयार गर्ने लक्ष्य लिएको र तत्तकाल एक सय बेड थप्ने काम तीव्र गतिमा भइरहेको सरकारले जनाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu