Connect with us
Kapilvast Forest

क्रिकेट वरीयतामा नेपालको सुधार

२०७८, २० बैशाख सोमबारमा प्रकाशित

काठमाडौं – अन्तराष्ट्रिय क्रिकेट परिषद-(आईसीसी) को टी–ट्वान्टीको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।आईसीसीले आइतबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो । नयाँ वरीयताको टी–ट्वान्टीतर्फ नेपाल १३ औं स्थानमा उक्लिएको छ ।

यस अघि नेपाल १४ औं स्थानमा रहेको थियो । घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधि जितेपछि नेपालको वरीयता सुधार हुँदै आएको हो । नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औं स्थान हो ।

टी–ट्वान्टीको नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्याण्ड रहेका छन् । चौंथो पाकिस्तान र पाँचौं अष्ट्रेलिया रहेको छ । नेपालले एकदिवसीय वरीयतामा समेत सुधार गरेको छ ।

एकदिवसीय वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ । यस अघि १७ औं स्थानमा रहेको थियो । एकदिवसीयमा न्यूजिल्याण्ड शीर्ष स्थानमा रहदा अष्ट्रेलिया दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu