Connect with us
Kapilvast Forest

राष्ट्रपतिद्वारा सुदूरपश्चिम र गण्डकी प्रदेश प्रमुखलाई सपथ

२०७८, २० बैशाख सोमबारमा प्रकाशित

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले दुई नयाँ प्रदेश प्रमुखलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको छ । सोमबार साँझ ६ बजे नया प्रदेश प्रमुखलाई सपथ ग्रहण गराइएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिनु भयो ।

सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ। सोमाबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्ले गण्डकीका अमिक शेरचनलाई हटाएर सीता पौडेल र सुदूरपश्चिममा शर्मिलाकुमारी पन्तलाई हटाएर गंगाप्रसाद यादवलाई प्रदेश प्रमुखको नियुक्तिको सिफारिस गरेको थियो।

यी दुबै प्रदेशका प्रदेश प्रमुख फेर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेसँगै राष्ट्रपतिले उहाँहरुलाई नियुक्त गराउनु भएको हो ।गण्डकीको प्रमुख बनेकी पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार तथा एमालेको अखिल नेपाल महिला संघकी अध्यक्ष पनि हो। यादव दोस्रो संविधान सभाका उपसभामुख हो। राप्रपाबाट उपसभामुख बनेका उनी पछि एमाले प्रवेश गर्नु भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu