Connect with us
Kapilvast Forest

आजदेखि कपिलवस्तुमा निषेधाज्ञा

२०७८, २१ बैशाख मंगलवारमा प्रकाशित

 

कपिलवस्तु- कोरोना रोकथाम र नियन्त्रणका लागि कपिलवस्तु जिल्ला दश दिनका लागि निषेधाज्ञा हुने भएको छ ।जिल्लामा मा (आज) बैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ ।

आइतवार विहान ११ बजे जिल्ला स्तरीय कोरोना नियन्त्रण समितिको बैठकले उक्त निणर्य गरेको हो ।कोरोना संक्रमण जोखिम कम गर्नका जिल्लालाई दश दिनका लागि शिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले जानकारी दिनु भयो हो ।

कपिलवस्तुका छिमेकी जिल्लामा लकडाउन जारी भैसकेको छ । लुम्बिनी प्रदेशका रुपन्देही, अर्घाखाँची ,पाल्पा, गुल्मी, दाङ, प्युठान, बाँके र बर्दियामा निषेधाज्ञा जारी भैसकेको छ ।अती आवश्यक सामाग्री किनमेलका लागि बिहान ९ बजे देखी दिउसो १ बजे सम्म पसल सञ्चालन गर्न दिने भएको छ ।

निषेधाज्ञा जारी भएपछि जिल्ला भित्र चल्ने निजि तथा सार्वजनिक सवारी साधन चल्न समेत वन्देज लगाइएको छ । कपिलवस्तुमा संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ ।

हाल जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ७ सय २५ पुग्यो, ५१ जनाको मृत्यु भएको छ । जिल्लाको राजमार्ग क्षेत्र र कपिलवस्तु नगरपालिकामा संक्रमितको संख्या धेरै रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेशचन्द्र घिमिरेले बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj