Connect with us
Kapilvast Forest

एक महिनामै थपिए ६५ हजार संक्रमित, ३३० को मृत्यु

२०७८, २१ बैशाख मंगलवारमा प्रकाशित

corona ncn

काठमाडौँ– नेपालमा कोभिड-१९ को दोस्रो लहर चल्न थालेको एक महीनामै ६५ हजार संक्रमित थपिएका छन् भने ३३० जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार, एक महीनाअघि २१ चैतमा १२८ जनामा संक्रमण देखिएको थियो भने कोरोनाबाट एक जनाको मृत्यु भएको थियो। पछिल्लो २४ घण्टामा भने सात हजार ४४८ जनामा संक्रमण देखिएको छ भने ३७ जनाको मृत्यु भएको छ।

त्यतिबेला परीक्षण गरेकामध्ये ४.६ प्रतिशतमा संक्रमण देखिएको थियो। अहिले परीक्षण गरेकामध्ये ४३.३ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ।

यो एक महीनाको अवधिमा दैनिक संक्रमित थपिने क्रममा ५८ गुणाले बढेको छ। त्यतिबेला संक्रमितको संख्या दुई लाख ७७ हजार ७६८ थियो। अहिले आएर यो संख्या तीन लाख ४८ हजार ४१८ पुगेको छ।

सक्रिय संक्रमितको संख्या पनि अत्यधिक बढेको छ। २१ चैतमा सक्रिय संक्रमितको संख्या एक हजार ६१३ थियो। अहिले सक्रिय संक्रमित ५४ हजार ४१ पुगेका छन्।

कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या पनि बढेको छ। एक महीना अघि २१ चैतमा एक जनाको मृत्यु भएको थियो भने सोमबार ३७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। यो एक महीनामा ३३० जनाले ज्यान गुमाएका छन्।

त्यतिबेला नयाँ थपिने संक्रमितभन्दा निको हुनेको संख्या बढी थियो। २१ चैतमा १२८ जना संक्रमित थपिँदा १६१ जना निको भएका थिए। तर, अहिले सात हजार ४४८ जना थपिँदा दुई हजार २१ जना मात्रै निको भएका छन्।

एक महीना अघि गम्भीर बिरामीको संख्या शून्य थियो। कसैलाई पनि आईसीयू र भेन्टिलेटरमा राखिएको थिएन। अहिले भने ५७८ जना आईसीयूमा छन भने १४२ जनालाई भेन्टिलेटरमा राखिएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu