Connect with us
Kapilvast Forest

सङ्क्रमणको जाखिम बढ्यो, परीक्षा रोकिएन

२०७८, २१ बैशाख मंगलवारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

लमजुङ-सङ्घीय सरकार र जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ को जोखिमका कारण शैक्षिक संस्था बन्द गर्न दिएको निर्देशनलाई यहाँका केही पालिकाले पालना गरेका छैनन् । केही विद्यालयले जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेका बेला पनि सङ्क्रमणलाई बेवास्ता गर्दै धमाधम परीक्षा सञ्चालन गरिरहेका छन् ।

जिल्लाका स्थानीय तहले अटेर गर्दा विद्यार्थी सङ्क्रमणको उच्च जोखिममा परेका बताइएको छ । कोरोनाकै कारण राइनास नगरपालिका– ७ गरमबेसीका ३९ वर्षीया एक महिलाको मृत्यु समेत भइसकेको छ । सङ्क्रमणमा वृद्धि हुन थालेपछि जिप्रकाले एक विज्ञप्ति निकालेर विद्यालयहरू बन्द गर्न निर्देश गरेपनि जिल्लाका सरकारी तथा नीजि विद्यालयले धमाधम परीक्षा सञ्चालन गरिरहेका छन् । जिल्लाका विद्यालयमा त सुरक्षा मापदण्ड नै पालना छ, न त वास्ता नै छ । बेँसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले भन्नुभयो , “पालिकाका विद्यालयमा धमाधम परीक्षा चलिरहेकाले सबै विद्यालयको परीक्षा सम्पन्न भएपछि मात्र विद्यालय बन्द गर्नेछौ ।”

केहीदिन अघि मात्र बेंसीशहरमा रहेको जनविकास माध्यमिक विद्यालयका ३० वर्षीया शिक्षिकालाई कोरोना पोजिटिभ देखिएको छ । शिक्षिकामा कोरोना देखिए पनि विद्यालयका शिक्षक र विद्यार्थीको भने कन्ट्रयाक्ट ट्रेसिङ नभएको बताइएको छ । सो विद्यालयमा समेत धमाधम परीक्षा सञ्चालन भइरहेको छ । विद्यार्थी सङक्रमणको जोखिम महशुस गर्दै डराइ डराइ हतार हतारमा परीक्षा दिँदै घर फर्किने गरेका बताइएको छ ।

जिल्लामा आठ स्थानीय तह रहेको छ । तीमध्ये दूधपोखरी, क्व्होलासोंथर गाउँपालिका र मध्य नेपाल नगरपालिकाले सबै विद्यालय बन्द गरेपनि अन्य पाँच तहले वार्षिक परीक्षा सञ्चालन गरिरहेका छन् । जिल्लाका बेँसीशहर, सुन्दरबजार, राइनास नगरपालिका र दोर्दी, मर्स्याङ्दी गाउँपालिकाले धमाधम सङ्घीय सरकार तथा प्रशासनको निर्देशनको पालना नगर्दै परीक्षा सञ्चालन गरिरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जिल्लाको विद्यालय तथा परीक्षा बन्द गर्न डिसिएमसीको बैठकले निर्णय गरेको जानकारी दिनेनुभया । उहाँले भन्नुभयो , “हामीले सबै पालिका प्रमुखहरुलाई राखेर पनि विद्यालय बन्द गर्न निर्देशन दिएका थियौँ । उहाँहरुले पालना नगरी कोरोना सङक्रमणको जोखिमका बीच धमाधम परीक्षा सञ्चाालन गरिरहनुभएको छ ।” विद्यालय व्यवस्थापन सम्बन्धी सम्पूर्ण अधिकार स्थानीय तहलाई भएकाले प्रशासनले अनुगमन मात्र गर्न सक्ने उहाँको भनाइ छ । जिल्लामा दैनिक ११ देखि २४ जनासम्ममा कोरोना पुष्टि हुन थालेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu