कपिलवस्तुमा ७८ वर्षियबृद्ध सहित ९८ जनाले जिते कोरोना
कपिलवस्तु-कपिलवस्तु ७८ वर्षको बृद्ध सहित ९८ जना कोरोना संक्रमित निको भएका छन् जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन उमेशचन्द्र घिमिरेका अनुसार बाणगंगा नगरपालिकाका ७८ वर्षको बृद्ध सहित ९८ जना कोरोना संक्रमित निको भएका छन ।
हाल सम्म कपिलवस्तुमा २०७९ जना उपचारपछि निको भएर घर फर्किएको कोरोना फोकल पर्सन उमेश घिमिरेले बताउनु भयो ।
आज जिल्लामा कोरोना संक्रमणका कारण २ जनाले ज्यान गुमाए संगै कपिलवस्तमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ५३ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन उमेशचन्द्र घिमिरेका अनुसार अब कपिलवस्तुमा निको हुनेको दर समेत बढ्ने बताउनु भयो ।