Connect with us
Kapilvast Forest

किन गरे बिल गेट्स र मेलिन्डाले विवाहको २७ वर्षपछि सम्बन्ध विच्छेद

२०७८, २१ बैशाख मंगलवारमा प्रकाशित

एजेन्सी -बिल गेट्स र मेलिन्डा गेट्सले सम्बन्ध विच्छेदको घोषणा गर्नु भउको छ । २७ वर्ष साथमा रहेपछि उहाँहरुले वैवाहिक सम्बन्ध अन्त्यको घोषणा गर्नु भएको हो । सम्बन्ध विच्छेदको घोषणा गर्दै उहाँहरुले भन्नुभएको छ , ‘हामी दम्पतीका रुपमा अब हामीसँगै विकसित हुन सक्ने छौँ भन्ने विश्वास छैन ।’

दम्पतीले ट्वीटरमा लेख्नुभउको छ , ‘राम्रो सोच विचार तथा सम्बन्ध सुधारका लागि धेरै काम गरेपछि हामी वैवाहिक सम्बन्ध अन्त्यको निर्णयमा पुगेका छौँ ।’

सन् १९८० को दशकमा मेलिन्डाले बिलको माइक्रोसफ्टमा काम थालेपछि उहाँहरुको भेट भएको थियो । उहाँहरुका तीन सन्तान हुनुन्छ ।उहाँहरुले संयुक्त रुपमा बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशन सञ्चालन गर्दै आउनुभएको थियो । यो संस्थाले संक्रामक रोग नियन्त्रण प्रयासका लागि अर्बौँ डलर खर्च गरेको छ भने बालबालिकालाई खोप सहयोग गर्ने गरेको छ ।

गेट्स दम्पतीसहित लगानीकर्ता वारेन बफेटले धनीहरुले आफ्नो सम्पत्तीको ठूलो हिस्सा मानवीय हितका लागि दिनु पर्ने भन्दै अपिल गर्दै आउनुभएको छ ।

फोर्ब्सका अनुसार बिल गेट्स विश्वका धनी व्यक्तिको सूचिमा चौथो स्थानमा रहनुभएको छ । उहाँको सम्पत्ती १२४ बिलियन अमेरिकी डलर बराबर छ ।

उहाँले सन् १९७० को दशकमा स्थापना गरेको माइक्रोसफ्टबाट सम्पत्ती आर्जन गर्नु भउको हो । विश्वको ठूलो सफ्टवेयर कम्पनीका रुपमा माइक्रोसफ्ट रहँदै आएको छ ।

बिल र मेलिन्डा गेट्सले सम्बन्ध विच्छेदको निर्णयमा पुगेको जानकारी दिने वक्तव्य ट्वीटरमा पोस्ट गर्नु भउको छ । फाउन्डेशनमा सँगै काम गर्ने पनि उहाँहरुले बताउनुभएको छ । तर जीवनको अबको चरणमा दम्पतीका रुपमा आफूहरु सँगै थप विकसित हुने विश्वास नरहेकाले अलग हुने निर्णय लिएको उहाँहरुले बताउनुभउको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu