Connect with us
Kapilvast Forest

हेरौँ सगरमाथा आरोहण तयारीका क्रममा कैद गरिएका तस्बिरहरू

२०७८, २१ बैशाख मंगलवारमा प्रकाशित

सबै तस्विरहरु उज्यालो अनलाइन डटकमबाट साभार गरीएको हो

काठमाण्डाै – यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणको तयारी अन्तिम चरणमा पुगेको छ । सगरमाथाको चौथो शिविरसम्मको बाटो बनाउने काम सकिएको र त्यसभन्दा माथि बाटो बनाउन आवश्यक सामग्री लैजाने काम भइरहेको सेभेन समिट ट्रेक कम्पनीका अध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिनुभयो ।

यदि मौसमले साथ दिएमा यही हप्ताभित्र शिखरसम्मको बाटो खुल्न सक्ने र अनुकूल मौसममा आरोहण सुरु हुने उहाँले बताउनुभयो । यस वर्ष सगरमाथा आरोहणका लागि अनुमति लिएर चार सय आठ जना आधार शिविर पुगेका छन् । महामारीको चपेटाकै बीच पनि आरोहणहरू उत्साहका साथ आरोहणको तयारी गरिरहेका अध्यक्ष शेर्पाले बताउनुभयो ।

हेरौँ सगरमाथा आरोहण तयारीका क्रममा कैद गरिएका तस्बिरहरू–

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj