Connect with us
Kapilvast Forest

ट्याक्टरमा कोभिड संक्रमितको मृत्यु भएपछि मेयर र उपमेरलाई गाडी चढ्न रोक

२०७८, २२ बैशाख बुधबारमा प्रकाशित

नवलपुर– नवलपरासीपूर्व देवचुली नगरपालिका १३ का कोरोना संक्रमित पुरुषलाई समयमा अस्पताल पुर्‍याउन नपाएपछि मृत्यु भएको घटनाले स्थानीय आक्रोशित भएका छन् ।

कोरोना संक्रमित भई चार दिनदेखि होम आइसोलेशनमा बस्दै देवचुली १३ का ६७ वर्षीय एक पुरुषको स्वास्थ्यमा जटिल समस्या देखिएपछि अस्पताल लैजान स्थानीय जनप्रतिनिधिलाई गुहारिएको भए पनि एम्बुलेन्स उपलब्ध हुन सकेको थिएन ।

सोही वडाका वडाध्यक्ष क्याप्टेन डिलबहादुर खत्रीले नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठसमेतलाई जानकारी गराए पनि एम्बुलेन्स उपलब्ध गराउन नसकेपछि स्थानीयले संक्रमितलाई ट्याक्टरमा राखेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

कोरोना संक्रमित व्यक्तिलाई नगरपालिकाले उपचार गर्न एम्बुलेन्स उपलब्ध नगराउँदा मृत्यु भएको भन्दै स्थानीय आक्रोशित भएका छन् । आक्रोशित स्थानीयले नगरपालिकाका प्रमुख र उपप्रमुखको कार्यकक्षमा ताला लगाइदिएका छन् ।

सोमबारको घटनापछि मंगलबार बिहान नगरकार्यपालिकाको बैठक बसेको थियो । बैठक सकिएपछि बाहिरिएका नगरप्रमुख, उपप्रमुखहरुलाई सरकारी गाडी चढ्न समेत नदिएर स्थानीयले अवरोध गरेका छन् ।

 

बिरामीलाई अस्पताल लैजान गाडी नदिने जनप्रतिनिधिहरुलाई सरकारी गाडी चढ्न नैतिकता नभएकाले गाडी चढ्न नदिएको स्थानीय श्याम शर्मा भुसालले बताउनु भयो ।

कोरोना संक्रमण भई स्वास्थ्य समस्या भई एम्बुलेन्स बोलाउँदा नपाएपछि आफूले नै ट्याक्टरमा भए पनि लैजान सिफारिस गरेको वडाअध्यक्ष खत्रीले बताउनु भयो ।

बिरामीको उद्धार गर्नेबेला आफूसमेत सोही ठाउँमा रहेको र स्वास्थ्यकर्मी समेत आफूसँगै साथमा भएर पनि सहयोग गर्न नसकेको भन्दै स्थानीय बासिन्दासामु वडाध्यक्ष खत्रीले क्षमा याचना गर्नु भयो । स्वास्थ्यकर्मीसँग पीपीई नभएको हुँदा बिरामीको मद्धत गर्न नसकेको उहाँले बताउनु भयो ।

विरामी बोक्न एम्बुलेन्सले नमानेपछि आफूले ट्याक्टर ल्याइदिएका स्थानीय ट्याक्टर धनी दीपक भुर्तेलले बताउनु भयो ।

 

नगरपालिका प्रमुख पूर्णबहादुर श्रेष्ठले नगरपालिकोको एम्बुलेन्स भ्याक्सिन लिन पोखरा गएकोले नगरपालिकाको एम्बुलेन्स उपलब्ध गराउन नसकिएको बताउनु भयो । उहाँले अब एउटा एम्बुलेन्स नगरपालिका परिसरमै तयारी अवस्थामा राखिने प्रतिवद्धता जनाउनु भयो ।

जनप्रतिनिधिहरुलाई सचेत गराउन भन्दै स्थानीय नारायण पाण्डे मंगलबार बिहान देवचुली नगरपालिकाको कमजोर ब्यवस्थापन लेखिएको प्लेकार्ड बोकेर नगरकार्यपालिकाको बैठकमै पुगेका थिए ।

उहाँले जनप्र्रतिनिधिलाई सचेत गराउन सांकेतिक विरोध गरेको बताउनु भयो।

स्थानीय युवाहरुले सचेत नागरिक समूहको नामबाट नगरवासीलाई आह्वान गरी मंगलबार दिउँसो नगरपालिका परिसरभित्रै सांकेतिक प्रदर्शन गरेका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu