Connect with us
Kapilvast Forest

म्यानचेस्टर सिटी पहिलाेपटक च्याम्पियन्स लिगको फाइनलमा

२०७८, २२ बैशाख बुधबारमा प्रकाशित

एजेन्सी-म्यानचेस्टर सिटी पहिलो पटक युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा फ्रेन्च क्लब पिएसजीलाई २-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटीले समग्रमा ४-१ गोल अन्तरको जित हासिल गर्दै फाइनलमा पुगेको हो ।सिटीको जितमा रियाद महरेजले दुवै गोल गरेका थिए ।

महरेजले खेलको ११औ र ६३औ मिनेटमा गोल गरेका थिए ।त्यस्तै खेलको ६९औ मिनेटमा पिएसजीका एन्जल डि मारियाले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो ।

अब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको फाइनलमा चेल्सी र रियल म्याड्रिडबीचको विजेतासँग खेल्दै छ । दुवै पहिलो लिगमा १-१ को बराबरीमा छन् भने दोस्रो लिग आजराती खेल्दै छन् ।यस सिजनमा प्रिमियर लिगको उपाधि पनि जित्ने निश्चित रहेको म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको फाइनल खेल मे २९ मा खेल्ने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu