Connect with us
Kapilvast Forest

होल्डिङ सेन्टरको तयारी गर्दै सरुमारानी

२०७८, २२ बैशाख बुधबारमा प्रकाशित


प्यार अलि खान

सरुमारानी गाउँपालिकाले १५ बेड क्षमताको होल्डिङ सेन्टरको तयारीलाई तिब्र पारेको छ।
गाउँपालिकाको केन्द्र बड्डडाँडामा रहेको बहुउद्धेशिय सभाहलमा होल्डिङ सेन्टर बनाउन लागिएको गाउँपालिकाले जनाएको छ।
कोभिड-१९ को दोस्रो लहरबाट उत्पन्न हुनसक्ने जोखिम न्यूनिकरण, रोकथाम तथा उपचारका लागि आवस्यक समन्वय सहकार्य गाउँपालिकाले गरिरहेको पालिका प्रमुख झग बहादुर विश्वकर्माले जानकारी दिएका छन्।
‘एकदुई दिनमै आवस्यक अक्सिजन सिलिन्डरको व्यवस्थापन गर्दैछौं।’ पालिका प्रमुख विश्वकर्माले भने, ‘सम्भव भएसम्म डाक्टर तथा आवस्यक दक्ष जनशक्तिको पनि व्यवस्थापन गरिनेछ।’
पालिकाले संकास्पद लक्षण देखिएका बिरामीहरूलाई एन्टीजिन परीक्षण विधिबाट परीक्षण गरिरहेको पालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले जानकारी दिए। पालिकाले ल्यावटेस्ट सुविधा भएको बाङ्गेशाल, ढुङ्गेगढी तथा हंसपुर स्वास्थ्य संस्थाबाट एन्टीजिन परीक्षण गरिरहेको छ। ‘दुई सय एन्टीजिन किट हामीलाई प्राप्त भएको छ।’ रायमाझीले भने, ‘आवस्यक अनुसार प्रयोग गर्ने व्यवस्था मिलाईएको छ।’
कोरोनाको दोस्रो लहरबाट गाँउपालिकामा १८ जना संक्रमित भएको स्वास्थ्य शाखाले जनाएको छ।
१८ जना संक्रमित मध्ये ३ जना सक्रिय संक्रमित उपचार पछि घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ।
वडा नं -१ बाङ्गेशालका ४२ वर्षिय पुरुषले ज्यान गुमाएको रायमाझीले जानकारी दिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu