Connect with us
Kapilvast Forest

राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी

२०७८, २२ बैशाख बुधबारमा प्रकाशित

rastryapati

 

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार रेल्वे अध्यादेश २०७८ जारी गर्नु भएको छ । जनकपुर जयनगर रेलमार्गमा रेल सञ्चालनका लागि कानुनी बाटो खोल्न उक्त अध्यादेश जारी गरिएको हो ।

उक्त रेलमार्ग सञ्चालनका लागि कानुनी बाटो खोल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अध्यादेशको मस्यौदा गरेको थियो । केही दिनअघिको मन्त्रिपरिषद बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

 

अध्यादेशमा नेपाल सरकारले एक वा एक भन्दा बढी विदेशी राष्ट्रको भूमिसम्म वा विदेशी राष्ट्रले नेपालको भूमिसम्म वा नेपालको भूमि भएर अर्को विदेशी राष्ट्रमा जाने गरी रेल्वे सेवा सञ्चालन गर्ने व्यवस्था गरेको यातायात मन्त्रालय स्रोतले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu