Connect with us
Kapilvast Forest

निषेधाज्ञासँगै घट्यो वायु प्रदूषण 

२०७८, २३ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौंकेही दिनयता काठमाडौं उपत्यकालगायत मुलुकका ठूला सहरको वायु प्रदूषण घट्दै गइरहेको छ । विश्वभरि महामारीको रूपमा फैलिरहेको कोभिड–१९ दोस्रो भेरियन्टका कारण सुरक्षित रहन निर्देशन दिँदै सरकारले मुलुकका आधाभन्दा बढी जिल्लामा गरेको निषेधाज्ञाका कारण अत्यावश्यकबाहेक अन्य सवारी साधन सञ्चालन बन्द भएसँगै वायु प्रदूषणको मात्रा घटेको हो ।

निषेधाज्ञा घोषणासँगै अत्यावश्यक काममा प्रयोग गरिने सवारी साधनबाहेक लामो तथा छाटो दूरीका सबै सवारी साधन बन्द गरिएको छ । उपत्यकामा वायु प्रदूषण गराउने मुख्य तत्वको रूपमा सवारी साधनको चापलाई लिने गरिन्छ । उद्योग कलकारखानाले पनि वायु प्रदूषण गराइरहेका छन् ।

वातावरण विभागको तथ्यांकअनुसार बुधवार दिउँसो धनगढीको वायु प्रदूषणको मात्रा ३६ (एक्यूआई) थियो । धनगढीमा एक साताअघि मात्रै एक्यूआई ४ सय नाघेको थियो । तर साँझ भने एक्यूआई ९५ पुगेको छ । यसैगरी बुधवार साँझ नै भक्तपुरमा एक्यूआई ६० छ ।

एक साताअघि मात्रै भक्तपुरको प्रदूषणको मात्रा ३ सय एक्युआई नाघेको थियो । काठमाडौंस्थित रत्नपार्कमा ५७ एक्यूआई र भैंसीपाटीमा ५७ एक्यूआई छ । जबकि १५५ भन्दा रत्नपार्कमा कहिले नघट्ने र ३०० को हाराहरीमा प्रदूषणको मात्रा हुने गथ्र्यो । एक साताअघि भैंसीपाटीमा २५० भन्दा बढी थियो । पोखरामा ३६ एक्यूआई, सिमराको ४८ एक्यूआई, राराको ४७ एक्यूआई, विराटनगरको ३९ एक्यूआई प्रदूषणको मात्रा रहेको देखिन्छ ।

एक्यूआईको गणनाअनुसार ० देखि ५० राम्रो अथात् ग्रिन सिंग्नलले चिनिन्छ भने ५१ देखि १ सयसम्मको एक्यूआईलाई होसियार रहुँ अथवा पहेंलो संकेतले चिनिन्छ । यसैगरी १०१ देखि १५० सम्मलाई असस्थ्य जसमा श्वासप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ । १५१ देखि २०० देखिको एक्यूआईलाई पनि अश्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ । यसले मुटुको बिरामी र कोभिड लागिसकेका बिरामीलाई बढी असर गर्नेछ चिकित्सक बताउँछन् । २०१ देखि ३०० सयलाई धेरै अश्वस्थ को रूपमा लिइन्छ र ३०१ देखि ४ सयलाई खतरनाक र ४०१ देखि ५० लाई धरै खतरा मानिएको छ ।

जलवायु तथा वातावरणविद् डा. धर्मराज उप्रेतीले सवारी साधनको चाप कम भएको र पानी परेका कारण प्रदूषण घटेको बताएका छन् । “कार्बनमनोअक्साइड ग्यास सवारी साधनबाट बढी जान्छ, कार्बनमनोअक्साईड र नाइट्रसक्साइड ग्यासहरू पृवीको धरातलमा बस्दा प्रदूषण गराउँछ,” उहाँले भन्नु भयो, “संसारकै १० सहर भारतमा रहेको र नेपालमा हावाको गति दक्षिणबाट आउँदा प्रदूषण बढाउँछ, हावा कताबाट बहन्छ भन्ने कुराले पनि प्रदूषण हुने र नहुने कुरा निर्धारण गर्छ ।” यस्तै, कृषिबाट उत्पादन हुने फोहर पोल्दा पनि गराउँछ ।

विश्व स्वास्थ्य सगंठनको २०१६को तथ्यांकअनुसार वायु प्रदूषणका कारण विभिन्न रोगबाट नेपालमा प्रत्येक वर्ष करिब १० हजार मानिसले ज्यान गुमाउने गरेको पाइएको छ । त्यसैगरी विश्व बैंक र रिसर्च इन्स्टिच्युट (आईएचएमई) ले सन् २०१६ मा गरेको एक अध्ययनको तथ्यांकअनुसार वायु प्रदूषणकै कारण नेपालमा वर्षेनी २२ हजारभन्दा बढीको मृत्यु हुने गरेको उल्लेख गरिएको छ भने कुल गार्हस्थ्य उत्पादनको ४.७ प्रतिशत नोक्सान भइरहेको बताएको छ ।

काठमाडौं उपत्यकामा नेपालमा झण्डै ७२ प्रतिशत मुटुको समस्या वायु प्रदूषणकै कारण हुने गरेको पाइएको छ । प्रदूषणका कारण मुटुरोगबाहेक १४ प्रतिशत दमका रोगी, फोक्सोको क्यान्सर १४ प्रतिशत बढेको पाइएको हो ।

वायु प्रदूषणले दमखोकीका बिरामीको अस्पताल भर्ना हुने दरमा १ दशमलव ३ प्रतिशत, निमोनियाबाट भर्ना हुनेमा ३ दशमलव ४ प्रतिशत बढेको छ भने श्वासप्रश्वाससम्बन्धी रोगबाट मृत्यु हुने दर ३ दशमलव ६ प्रतिशतले बढेको अनुसन्धानबाट देखिएको छ । समयमै वायु प्रदूषणको नियन्त्रण नगरे राज्यले स्वास्थ्य क्षेत्रमा लगानीको थप आर्थिक भार बेहोर्नुपर्ने देखिन्छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu