ओलीको आवहानमा एमाले स्थायी कमिटीको आकस्मिक बैठक
काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक स्थायी समिति बैठक बोलाउनुभएको छ ।ने प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा कोरोना महामारी, नयाँ सरकार गठन, राष्ट्रियसभाको निर्वाचन लगायतको विषयमा छलफल हुने बताइएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेरमा सुरु हुन लागेको नेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगामी बैशाख २७ प्रधानमन्त्रीले लिने विस्वासको मत, आगामी बैशाख ६ गते हुने वागमतीको राष्ट्रिय सभा सदस्य निर्वाचन लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
बैठकमा बुधबार काँग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्ताबारे पनि प्रधामन्त्री समेत रहेका ओलीले व्रिफिङ गर्नुहुने छ ।