Connect with us
Kapilvast Forest

कपिलवस्तुमा निषेधाज्ञा अवज्ञा गर्नेै ९९ सवारी साधन कारबाहीमा

२०७८, २३ बैशाख बिहीबारमा प्रकाशित

कपिलवस्तु-कोरोना संक्रमितको फैलन नदिनकालागि जारी निषेधाज्ञाको उल्लंघन गर्ने कपिलवस्तुका ९९ वटा सवारी साधनलाई कारबाही गरिएको छ । संक्रमण थप फैलिन नदिन तथा नियन्त्रण र व्यवस्थापन गर्न गत बैशाख २१ देखि निषेधाज्ञा जारी छ ।

जिल्ला र मातहत समेतले गरी विभिन्न स्थानमा निषेधाज्ञाको अवज्ञा गर्ने तथा आफु खुसी सवारी साधनमा आवत– जावत गर्ने ९९ वटा सवारी साधनलाई कारबाही गरिएको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताउनु भयो ।

९४–मोटरसाईकल, ४–अटोरिक्सा र १–ट्याक्टर सावारी साधनहरु नियन्त्रणमा लिई तोकिएको कानून बमोजिम आवश्यक कारवाही गरिएको उहाँले बताउनु भयो ।

साथै अनावश्यक हिंड–डुल गर्ने व्यक्तिहरुलाई केही समय होल्ड गरी सम्झाई–बुझाई, मास्क प्रयोग नगरेका व्यक्तिहरुलाई मास्क समेत दिई घर पठाईएको उनले बताउनु भयो । हाल विश्वकै अवस्था जीवन– मरणको संघारमा रहेको र मानवीय जगतको अस्तित्वका लागि पनि हामी केही समय घर भित्रै रहेर साथ र सहयोग गरिदिनु हुन उहाँले अपील गर्नु भएको छ । ‘ तपाईंहरु घरमै बस्नुहोस, हामी हजुरहरुको सुरक्षामा २४ घण्टा बाहिरै छौं ’ उहाँले भन्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu