एकै दिन ९ हजार ७० जनामा संक्रमण, २ हजार७ सय ७ संक्रमणमुक्त
काठमाडौं – पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने २७०७ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३१६३, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जना गरी ३९७२ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा बिहीबारसम्म २४ हजार ५३३, ललितपुरमा चार हजार ९७४ र भक्तपुरमा दुई हजार ९४५ जना सक्रिय संक्रमित रहेका छन् ।