Connect with us
Kapilvast Forest

गोरखापत्र १२१ वर्षमा प्रवेश

२०७८, २४ बैशाख शुक्रबारमा प्रकाशित

 

काठमाडौँ-नेपाली भाषाको पहिलो समाचारपत्र ‘गोरखापत्र’ प्रकाशन सुरु भएको आज १२० वर्ष पूरा भई १२१ वर्ष लागेको छ । वि.सं. १९५८ वैशाख २४ गते सोमबार साप्ताहिक रूपमा ‘गोर्खापत्र’ को प्रकाशन सुरु भएको थियो । दक्षिण एसियामै यति लामो निरन्तरता भएका अखबार कमै छन् । इतिहासका विभिन्न कालखण्डमा गोरखापत्रले धेरै पटक काँचुुली फेर्न सफल भएको छ ।

गोरखापत्र प्रकाशन भएकै ऐतिहासिक दिन वैशाख २४ लाई स्मरण गर्दै नेपाल सरकारले २०७३ बाट ‘राष्ट्रिय पत्रकारिता दिवस’ घोषणा गरेअनुसार आज छैटौंँ ‘राष्ट्रिय पत्रकारिता दिवस’ पनि हो । कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण गत वर्ष र यस वर्षको पत्रकारिता दिवस प्रभावित भएको छ ।

समाचार तथा सूूचना प्रवाहमा अग्रणी भूमिका खेल्दै आएको गोरखापत्रले नेपाली भाषा, साहित्य, कला, धर्म, संस्कृतिको विकास र पुस्ता हस्तान्तरणमा विशिष्ट योगदान पु¥याएको छ । सुरुमा साप्ताहिक रूपमा प्रकाशित यो अखबार हप्तामा दुई, तीन पटक हुँदै वि.सं. २०१७ फागुन ७ गतेबाट दैनिक रूपमा प्रकाशित हुँदै आएको छ ।

गोरखापत्र नेपालको सामाजिक, राजनीतिक, आर्थिकलगायत सम्पूर्ण क्षेत्रमा भएका घटनाको जीवन्त साक्षी हो । नेपालमा फोटो पत्रकारिताको सुरुवातकर्ता पनि गोरखापत्र नै हो । वि.सं. १९८४ वैशाख १३ गते गोरखापत्रमा पहिलो पटक सर्वसाधारणको तस्बिर छापिएको थियो ।
वि.सं.२०३८ मा वेभ अफसेट मेसिनबाट गोरखापत्रको छपाइ सुरु भयो भने २०५९ असार १० बाट रङ्गीन कलेबरमा छापिन थाल्यो । हाल एकै पटक १२ पृष्ठ रङ्गीन र आठ पृष्ठ श्यामश्वेत गरी २० पृष्ठ छपाइ गर्ने आधुुनिक प्रविधिको वेभ अफसेट मेसिनबाट काठमाडौँमा छपाइ भइरहेको छ । यसैगरी विराटनगर तथा कोहलपुरबाट पनि आफ्नै भवनसहित दैनिक छपाइ कार्य हुँदै आएको छ ।

विश्व पत्रकारिताको इतिहासमा बहुभाषिक पत्रकारिताको अभ्यास सुरु गरेर गोरखापत्रले नयाँ इतिहास रचेको छ । २०६४ असोज १ गतेबाट ‘नयाँ नेपाल’ शीर्षकअन्तर्गत नेपालमा बोलिने राष्ट्र भाषा (मातृ) हरूको प्रकाशन सुरु गरी हाल पालैपालो ३८ वटा भाषामा समाचार सामग्री प्रकाशन हुँदै आएका छन् ।

राष्ट्रिय पत्रकारिता दिवसको घोषणा भएपछि गोरखापत्र संस्थानले २०७३ मा पहिलो पटक ५५ हजार ५५५।– रुपियाँ राशिसहितको गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना ग¥यो । नेपालको छापा पत्रकारितामा विशिष्ट योगदान पु¥याएका पत्रकारलाई यो पुरस्कार प्रदान गरिँदै आएको छ । यस पुरस्कारबाट वरिष्ठ पत्रकारहरू ध्र्रुवहरि अधिकारी, पी. खरेल, भैरव रिसाल र पोखराका पुण्य पौडेल पुरस्कृत भइसक्नुभएको छ ।

गोरखापत्रका सहप्रकाशनहरूमा अङ्ग्रेजी भाषाको दि राइजिङ नेपाल, मासिक पत्रिकाहरू मधुपर्क, युवामञ्च, मुना र गोरखापत्र अनलाइन तथा राइजिङ नेपाल अनलाइन संस्करण प्रकाशन हुँदै आएका छन् । गोरखापत्रको अनलाइन संस्करणलाई अझ प्रविधिमैत्री र सूचना प्रवाहमा अग्रणी बनाउने प्रयासलाई संस्थान व्यवस्थापनले अगाडि बढाएको छ ।

पुरस्कृत हुने नाम घोषणा आज
कोरोना भाइरसको विश्वव्यापी महामारीको दोस्रो चरणको शृङ्खला सुुरु भएकाले नेपाल सरकारकै आयोजनामा मनाउने गरिएको राष्ट्रिय पत्रकारिता दिवसका कार्यक्रम कोरोना महामारीका कारण प्रभावित भएका छन् । गत वर्ष पनि कोरोनाकै कारण देशभर बन्दाबन्दी हुँदा सबै औपचारिक कार्यक्रम स्थगित भएका थिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता शोभाकान्त पौडेलले शुक्रबार मन्त्रालयलेगत वर्ष र यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिने व्यक्तित्वहरूको नाम घोषणा गरिने कार्यक्रम रहेको बताउनुभयो ।

ती पुरस्कारहरू उपयुक्त समयमा आयोजना गरिने कार्यक्रममा प्रदान गरिने छ ।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले राष्ट्रिय पत्रकारिता पुरस्कारलगायत गोरखापत्र प्रकाशनको १२१औँ वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ५९औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिने सबै औपचारिक कार्यक्रम स्थगित भएको जानकारी दिनुभयो । संस्थानले घोषणा गर्ने पुरस्कारहरू चाहिँ घोषणा गरिने तर औपचारिक कार्यक्रम भने पछि तय हुने जानकारी अध्यक्ष भण्डारीले दिनुभयो ।

यसैगरी नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीका अनुसार पत्रकारिता दिवसमा भौतिक उपस्थितिका कार्यक्रम नराखिएको र भर्चुअल प्रविधिबाट अन्तक्र्रिया कार्यक्रम राखिएको जानकारी दिनुभयो ।गोरखापत्रको अनलाइन

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu