Connect with us
Kapilvast Forest

पर्वतमा जिप पल्टिँदा १६ जना घाइते

२०७८, २४ बैशाख शुक्रबारमा प्रकाशित

accident

काठमाडौं -पर्वतको खौला (कुस्मा नगरपालिका–१३)बाट मलामी लिएर कुस्मातर्फ आउँदै गरेको जिप आज बिहान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १६ जना घाइते भएका छन् ।ग २ च ५२१३ नम्बरको डबल क्याबको महिन्द्रा जिप कुस्मा–१० पिपलटारीको सिमखेतमा दुर्घटनाग्रस्त भएको पर्वत प्रहरीले जनाएको छ ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र अन्य १२ जना सामान्य रहेको पर्वत प्रहरीका प्रवक्ता एवं प्रहरी निरीक्षक मनीष श्रेष्ठले जानकारी दिनुभयो ।उहाँका अनुसार सबै घाइतेको पर्वत अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार पर्वत अस्पतालमा मिर्गाैलाको डायलाइसिस गराइरहेका कुस्मा–१३ का विष्णु परियारको निधन भएपछि उनका छिमेकीहरू कुस्मातर्फ आउँदै गर्दा करिब साढे ९ बजे जिप पल्टिएको हो । जिप चालक कुस्मा–१२ का २२ वर्षीय अनिनाथ परियारलाई नियन्त्रणमा लिएर दुर्घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu