Connect with us
Kapilvast Forest

महामारीमा पनि अर्घाखाँचीका स्वास्थ्य केन्द्र चिकित्सकविहीन

२०७८, २४ बैशाख शुक्रबारमा प्रकाशित

प्रेमनारायण आचार्य,अर्घाखाँची –कोभिड महामारी बढिरहेको समयमा अर्घाखाँचीमा रहेका दुईवटै प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा सेवाग्राही समस्यामा परेका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ कमा रहेको छत्रदेव गाउँपालिकाको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र र १ ख मा रहेको शितगंगा नगरपालिकाको ठाडा प्राथमिक स्वाथ्य केन्द्र डाक्टरविहीन हुँदा सामान्य रोगका बिरामी हुँदा पनि सन्धिखर्क तथा बुटवल जान बाध्य छन्।

२ जना चिकित्सकको दरबन्दी रहेको दुबै प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका चिकित्सक अध्ययन विदामा गएपछि प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन बनेको शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीले बताउनुभयो ।

अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका अन्य कर्मचारीको भरमा प्राथमिक स्वास्थ्य केन्द्र चलेका छन् । सामान्य खालका बिरामी अन्यत्र जानुपर्ने बाध्यता स्थानीयले खेपेको शितगंगा नगरपालिका वडा नम्वर ३ ठाडाका स्थानीय नारायण अधिकारीले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्रमा एचए पनि नहुदा अहेब अन्य कर्मचारीले बिरामीको चेकजाँच र उपचार गरिरहेका छन् ।

स्वास्थ्य केन्द्रमा रहेका २ जना चिकित्सक अध्ययन गर्न गएपछि प्राथमिक स्वास्थ्य केन्द्र डाकटरविहीन बनेको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताउनुभयो । चिकित्सक ल्याउन पहल भइरहेको उहाँको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu