गुल्मीमा जेठ ४ गतेसम्मका लागि लकडाउन थपियो
गुल्मी- गुल्मीमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर समुदाय स्तरमा फैलने क्रम बढ्दै गएपछि लकडाउनको अवधि बढाएर जेठ ४ गतेसम्म पुर्याइएको छ ।
गत शनिबारदेखि लागू गरिएको लकडाउनको अवधि बढाउने निर्णय जिल्ला कोरोना संकट ब्यवस्थापन समितिले गरेको हो ।संक्रमणको चेनब्रेक गर्न लकडाउन बढाउनु पर्ने ठहर गर्दै १० दिन बढाउने निर्णय गरिएको हो ।