Connect with us
Kapilvast Forest

देउवा र प्रचण्डबीच भेटघाट ओलीले लिने विश्वासको मत बिफल बनाउने विषयमा छलफल

२०७८, २४ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ पुग्नु भएको थियो ।

साढे पाँच बजेतिर बुढानिलकण्ठ पुगेका प्रचण्ड र देउवा बीच करिब आधा घण्टा कुराकानी भएको देउवा निकट स्रोतले बताएको छ । ‘प्रधानमन्त्री केपी ओलीले लिन लागेको विश्वासको मत बिफल बनाउनेबारे नै छलफल भएको छ’, एक नेताले भन्नु भयो। प्रधानमन्त्री ओलीले विश्वासको मत लिन चाहेपछि २७ वैशाखमा विशेष अधिवेशन बोलाइएको छ ।

 

विशेष अधिवेशन बोलाइएपछि नेपाली कांग्रेसको साथ लिन प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डलगायतका नेताहरु देउवा निवास बूढानीलकण्ठमा पुग्नु भएको थियो । बिहीबार साँझ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि बूढानीलकण्ठ पुग्नु भएको थियो । यसको एकदिन अगाडि मात्रै एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओली पनि बुढानिलकण्ठ पुग्नु भएको थियो ।

 

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu