Connect with us
Kapilvast Forest

बढी भाडा लिएर यात्रु ठग्ने थप ७ जना प्रहरीको फन्दामा

२०७८, २५ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं-उपत्यकामा जारी निषेधाज्ञाका क्रममा यात्रुसँग बढी रकम असुलेर यात्रा गराउने कार्यमा संलग्नलाई ट्राफिक प्रहरीले कारबाही तीव्र बनाएको छ ।
ट्राफिक प्रहरीले सावित्रा काउण्टर कलंकीमा कार्यरत महोत्तरी गौशाला घर भई थानकोट बस्ने मनु अर्याल र उनकै छोरा अनु अर्याललाई पक्राउ गरेको छ । त्यस्तै नारायणी यातायात काउण्टरका टिकट बुकिङ् स्टाफ हेटौडाका नवराज घिमिरे, कुलेश्वर बस्ने बिपिन सुबेदी र जय नेपाल सुपर डिलक्सका बुकिङ् ईन्चार्ज सुन्धारा काठमाण्डौंका ज्ञानेन्द्र साहलाई समेत बढी भाडा लिएको कसुरमा पक्राउ गरेको छ ।

उनीहरुले धनुषा, महोत्तरी र बिरगंज जाने यात्रुहरु संकलन गरि प्रति ब्यक्ति पच्चीससय देखि तीनहजारसम्म भाडा लिने गरेको पाइएको प्रहरीको भनाइ छ ।पक्राउ परेका पाँचै जनालाई आबश्यक कारबाहीको लागी प्रहरी बृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ ।

त्यसैगरि गंगबु बसपार्कबाट रुकुम जाने यात्रुहरुसँग छ हजारका दरले भाडा लिने रुकुम पश्चिम यातायातका कर्मचारी रुकुम सिस्नेरीका गणेश रावल र भागरिराम छिनाललाई पनि पक्राउ गरि थप कारबाहीको लागी प्रहरी प्रभाग नयाँबसपार्कमा बुझाएको समेत महाशाखाले जनाएको छ ।

यसअघि पनि महाशाखाले भाडा लिने १६ जनालाई पक्राउ गरि कारबाही गरेको जनाएको छ ।
महाशाखाले अत्यावश्यक परि यात्रा गर्नुपरेमा टिकट काटेर मात्र यात्रा गर्न र तोकिएको भन्दा बढि भाडा लिएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu